बसको ठक्करबाट माओवादी केन्द्रका ईञ्चार्जको निधन


ओकेजनता डेस्क
८ मंसिर २०७८, बुधबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज रामप्रसाद बन्जाडेको सवारी दुर्घटनामा निधन भएको छ ।

रुपन्देहीको जितगढीमा गएराति बसले ठक्कर दिंदा गम्भीर घाइते भएका बन्जाडेको उपचारको क्रममा आज बिहान निधन भएको हो । ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बञ्जाडे अखिल क्रान्तिकारीको पूर्व महासचिव समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्