काठमाडौं । बोगटानफुड्सिल गाउँपालिका–१ उल्टेपानीमा आपसी झगःडामा एक जनाको मृःत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४९ वर्षीय धनबहादुर मगर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार स्थानीय टेकबहादुर मगरको घर छाएर खाना खाने क्रममा ३२ वर्षीय मिलन मगर र धनबहादुरबीच विवाद भएको थियो ।
मिलनको कुटाःइबाट धनबहादुर गम्भीर घाःइते भएका थिए । उनलाई उपचारका लागि दिपायल ल्याउँदै गर्दा बीच बाटोमै मृत्यु भएको चन्दले बताए ।
कुटःपिटमा संलग्न मिलनलाई प्रहरी चौकी चवराचौतराको टोलीले पःक्राउ गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।