भीम रावलको पीडा, पार्टी कार्यालयमा ठाउँ छैन भनियो


ओकेजनता डेस्क
६ मंसिर २०७८, सोमबार

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफुले दशौं महाधिवेशनका लागि अध्यक्ष पदमा पार्टी केन्द्रीय कार्यालयबाटै उम्मेदवारी घोषणा गर्न चाहेपनि त्यो सम्भव नभएको बताएका छन् ।

आइतबार दशौं महाधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गर्दै रावलले भने, ‘मैले थापाथलीस्थित एमालेको केन्द्रीय कार्यालयबाटै उम्मेदवारी घोषणा गर्न चाहेको थिएँ ।

तर महासचिवबाट कार्यलयमा भएका सवै कक्ष खाली छैनन् भनियो ।’

प्रतिक्रिया दिनुहोस्