भारतमा अवार्ड थापेपछि केपी खनालको मनछुने स्ट्याटस…


ओकेजनता डेस्क
१७ आश्विन २०७७, शनिबार

काठमाडौं । नेपालका कान्छा अभियान्ता केपी खनालले सामाजिक सञ्जाल फेसबुकमा भावुक स्ट्याटस पोष्ट्याएका छन् ।

हिजोका दिनमा मजबुरीले होटेलमा टेबल सफा गर्दाको क्षणलाई स्मरण गर्दै खनालले भनेका छन्, ‘ कुनै बेला यस्तो समय आयो की एसएलसी दिएर पैसा कमाउन धनगढीको नाका हुँदै भारतको होटलमा टेबल सफा गर्नुपथ्र्यो, तर समयले आफ्नै देश फर्कायो त्यो बेला टेबल सफा गर्दा कसैले १० रुपैयाँ टिप्स दिँदा ज्यादै खुसी लाग्थो तर आज ७/८ वर्षपछि त्यहि नाकाबाट भाँडा सफा गर्न त गएन तर देश सफा गर्दा यो उपहार मिल्यो, सायद जीवनमा अझै केहि गर्नुछ जुनदेशमा भाडा माझ्न , चौकिदारी गर्न जान्थेँ त्यहीँ देशबाट सम्मान मिल्छ भने अब अझै राम्रो गर्दा सबैको माया मिल्छ होला भन्ने विश्वास लिएको छु ! जय चन्द्रसुर्य ।’

खनाल सम्मानित


भारतका पिता महात्मा गान्धी १५१औं जन्म जयन्तीका अवसरमा नेपालका कान्छा अभियन्ता केपी खनाललाई युथ आइकन अवार्डमार्फत सम्मान गरिएको छ ।

भारतको राजधानी नयाँदिल्लीमा शुक्रबार राइजिङ टुइकल फाउन्डेसनको आयोजनामा भएको कार्यक्रममा युथ आइकन अवार्डबाट खनाल सम्मानित भएका हुन् ।

सानै उमेरमा विभिन्न जिल्लामा स्वच्छता अभियानदेखि बाजुरामा अनाथ आश्रम निर्माण गर्दै सामाजिक काममा जुटेका खनाल पछिल्लो समय कैलालीमा हेल्प निडी अभियानबाट मजदुरहरुको घर/घरमा खाद्यान्न वितरणमा जुटेका छन् ।

समाजमा उदाहरणीय कार्य गरेको भन्दै फाउन्डेसनले सम्मान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्