काठमाडौं । बम्बई उच्च अदालतले गत महिना क्रुज ड्रग मुद्दामा पःक्राउ परेका आर्यन खानको विषयमा कुनै ‘सकारात्मक प्रमाण’ नभेटिएको बताएको छ।
बम्बई उच्च अदालतले शनिबार ड्रग्स अन क्रुज मुद्दामा अभिनेता शाहरुख खानका छोरा आर्यन खान र अन्य दुईलाई जमानत दिने विस्तृत आदेश जारी गरेको छ।
अभियुक्तहरु विरुद्ध अपराध गर्ने षड्यन्त्र रचेको देखाउन कुनै पनि सकारात्मक प्रमाण नभेटिएको र उनीहरूविरूद्ध प्रमाण नपुगेको बताएको हो।
यसअघि आर्यन र उनका दुई साथीहरू करिब एक महिना जेल बसेर जमानतमा रिहा भएका थिए। २८ अक्टुबरमा आर्यन, अरबाज मर्चेन्ट र मुनमुन धमेचाको जमानत अदालतले स्वीकार गरेपछि उनीहरू रिहा भएका थिए।
अदालतले जारी गरेको १४ पाने फैसलाको कपि अनुसार आर्यनको ह्वाट्सएप च्याट सार्वजनिक भएको र उनले अन्य तीन आरोपितहरुसँग मिलेर कुनै अपराध गर्ने षड्यन्त्र गरेको विषय त्यसमा पनि नदेखिएको ठहर गरेको छ।
आदेशमा एनडिपिएस अधिनियमको धारा ६७ अन्तर्गत एनसिबीद्धारा दर्ज गरिएको आर्यन खानको बयानको प्रयोग केवल मामिलाको जाँचका लागि मात्रै गर्न सकिने उल्लेख छ । यद्यपी अभियुक्तलाई एनडिपिएस अधिनियम अन्तर्गत अपराधी ठहर गर्ने अनुमान लगाउन वा साबित गर्न यस बयानको प्रयोग गर्न नसकिने उल्लेख छ।
अदालतको आदेपछि आर्यनले भोगेको सजायमाथि कसले क्षतिपूर्ति दिने भन्दै फिल्म निर्माता सञ्जय गुप्ताले आक्रोश पोखेका छन्। अदालतको आदेशपछि फिल्म निर्माता गुप्ताले ट्वीटरमार्फत आर्यन खान निर्दोष रहेको बम्बई उच्च अदालतले फैसला सुनाएको भन्दै उसले जे भोग्यो त्यसको क्षतिपूर्ति कसले दिन्छ भनि प्रश्न गरेका हुन्।
[BREAKING] No positive evidence against Aryan Khan for conspiracy: Bombay High Court in bail order [READ ORDER]
report by @Neha_Jozie #AryanKhanBail #AryanKhan #BombayHighCourt
Read more here: https://t.co/Mlkla1jfyP pic.twitter.com/r0lspbT8s2
— Bar & Bench (@barandbench) November 20, 2021