मोटरसाइकल दुर्घटनामा परी रहेनन् मिलन


ओकेजनता डेस्क
४ मंसिर २०७८, शनिबार

काठमाडौं । भक्तपुरमा मोटरसाइकल दुर्घःटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काभ्रेको रोशी गाउँपालिका– ३ घर भई कलंकी बस्ने २२ वर्षीय मिलन तामाङ रहेका छन् । मोटरसाइकल दुर्घटःनापछि पिटरले किःचेर गःम्भीर घाइते भएका मिलनको राति २ बजे उपचारका क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

बिहीबार राति साढे एक बजे सूर्यविनायक नगरपालिका–६ स्थित अरनिको राजमार्गमा जगाती बाट सूर्यविनायक जाँदै गरेको बाग्मती प्रदेश ०२–०३० प ०१६८ नं को मोटरसाइकलले प्रदेश नं. ३–०१–००३ क. ७८५१ नं. को टिपरलाई ओभरटेक गर्ने क्रममा सडक डिभाडरमा ठोक्किएर दुर्घटःना भएको हो ।

मोटरसाइकल डिभाइडरमा ठक्कर खाएपछि चालक मिलन टिपरको पछाडिको चक्कामा परेर घाइःते भएको र उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्