अथितिको निम्तो दिन गएको एमाले टोलीलाई देउवाको जवाफ यस्तो…


ओकेजनता डेस्क
३ मंसिर २०७८, शुक्रबार

काठमाडौं । नेकपा (एमाले)ले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई १० औं महाधिवेशनमा निमन्त्रणा गरेको छ ।

शुक्रबार एमाले नेता सुवास नेम्वाङ र राजन भट्टराई प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर देउवालाई महाधिवशेनको निम्तो दिएका हुन् ।

नेम्वाङले आफूहरुले पार्टी र अध्यक्षका तर्फबाट महाधिवेशनको निम्तो गरेको जानकारी दिए । ‘पार्टीको तर्फबाट, अध्यक्षको तर्फबाट एमालेको महाधिवेशन उद्घाटन चितवनमा छ, त्यसमा यहाँ आउनुप¥यो, त्यही निम्ता दिन आएका हौं भन्यौं हामीले,’ नेम्वाङले भने ।

जवाफमा देउवाले निम्तोका लागि धन्यावाद दिँदै आफू आउने जानकारी दिएको नेम्वाङले बताए । देउवाको भनाइ उद्धृत गर्दै उनले भने– ‘उहाँले म आउँछु, नआउने त कुरै भएन नि भन्नु भयो ।’

महाधिवेशनमा अन्य पार्टीका प्रतितिधिलाई पनि शुभकामनाका लागि निम्तो दिने चलन छ । त्यसै अनुसार एमालेले देउवालाई निम्तो दिएको हो ।

नेकपा (एमाले)ले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई १० औं महाधिवेशनमा निमन्त्रणा गरेको छ ।

शुक्रबार एमाले नेता सुवास नेम्वाङ र राजन भट्टराई प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर देउवालाई महाधिवशेनको निम्तो दिएका हुन् ।

नेम्वाङले आफूहरुले पार्टी र अध्यक्षका तर्फबाट महाधिवेशनको निम्तो गरेको जानकारी दिए । ‘पार्टीको तर्फबाट, अध्यक्षको तर्फबाट एमालेको महाधिवेशन उद्घाटन चितवनमा छ, त्यसमा यहाँ आउनुप¥यो, त्यही निम्ता दिन आएका हौं भन्यौं हामीले,’ नेम्वाङले भने ।

जवाफमा देउवाले निम्तोका लागि धन्यावाद दिँदै आफू आउने जानकारी दिएको नेम्वाङले बताए । देउवाको भनाइ उद्धृत गर्दै उनले भने– ‘उहाँले म आउँछु, नआउने त कुरै भएन नि भन्नु भयो ।’

महाधिवेशनमा अन्य पार्टीका प्रतितिधिलाई पनि शुभकामनाका लागि निम्तो दिने चलन छ । त्यसै अनुसार एमालेले देउवालाई निम्तो दिएको हो ।

प्रतिक्रिया दिनुहोस्