ओलीको निर्णयले ‘१० भाईको मुहार’ उज्यालियो, पूर्वमाओवादीमा हलचल


ओकेजनता डेस्क
२ मंसिर २०७८, बिहीबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘१० भाईहरु’को सुरक्षाका लागि छलफल थालेका छन् । महाधिवेशन नजिकिँदै गर्दा सामान्य विषयका बिमत्तिहरुलाई तिलाञ्जली दिँदै ओलीले एमाले भित्रका युवा पंक्तिलाई समेट्ने गरी तयारी गरेका हुन ।

नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका नेताहरुले आफूहरुको बलियो उपस्थिति पार्टीमा हुनुपर्ने बताइरहेका बेला ओलीले बेग्लै चाल चलेका छन् । लामो समयदेखि पार्टीमा योगदान दिएका नेताहरुलाई ओलीले उचित जिम्मेवारी दिन लागेको एमाले स्रोत बताउँछ ।

एमालेका नेता योगेश भट्टराईले पनि १० भाई समूहका नेताहरुलाई पार्टीले उचित मूल्यांकन गर्नुपर्ने बताइरहेका बेला ओली पनि गम्भीर भएका छन् । पार्टीमा केही असमान क्रियाकलाप भइरहेको भट्टराईले ठोकुवा गरिरहेका बेला अध्यक्ष ओलीले पनि पार्टीका शीर्ष नेतासँग छलफल अघि बढाएका छन् ।

यतिबेला अध्यक्ष ओली, डा. भीम रावल, धनश्याम भुसालबीच केही तुस बाँकी रहेको एमालेका नेताहरु बताउँछन् । पार्टीमा फेरि रावल र भुसाल अनिवार्य रहेको ओलीको निष्कर्ष छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘१० भाईहरु’को सुरक्षाका लागि छलफल थालेका छन् । महाधिवेशन नजिकिँदै गर्दा सामान्य विषयका बिमत्तिहरुलाई तिलाञ्जली दिँदै ओलीले एमाले भित्रका युवा पंक्तिलाई समेट्ने गरी तयारी गरेका हुन ।

नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका नेताहरुले आफूहरुको बलियो उपस्थिति पार्टीमा हुनुपर्ने बताइरहेका बेला ओलीले बेग्लै चाल चलेका छन् । लामो समयदेखि पार्टीमा योगदान दिएका नेताहरुलाई ओलीले उचित जिम्मेवारी दिन लागेको एमाले स्रोत बताउँछ ।

एमालेका नेता योगेश भट्टराईले पनि १० भाई समूहका नेताहरुलाई पार्टीले उचित मूल्यांकन गर्नुपर्ने बताइरहेका बेला ओली पनि गम्भीर भएका छन् । पार्टीमा केही असमान क्रियाकलाप भइरहेको भट्टराईले ठोकुवा गरिरहेका बेला अध्यक्ष ओलीले पनि पार्टीका शीर्ष नेतासँग छलफल अघि बढाएका छन् ।

यतिबेला अध्यक्ष ओली, डा. भीम रावल, धनश्याम भुसालबीच केही तुस बाँकी रहेको एमालेका नेताहरु बताउँछन् । पार्टीमा फेरि रावल र भुसाल अनिवार्य रहेको ओलीको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्