प्रधानमन्त्रीका दुवै सल्लाहकार बिष्णु रिमाल र सूर्य थापालाई कोरोना


ओकेजनता डेस्क
१७ आश्विन २०७७, शनिबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सर्य थार्पालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शुक्रबार स्वाब दिएको र आफ्नो रिपोर्ट पोजेटिभ आएको रिमालले बताएका छन् । कोरोना संक्रमण पुष्टि भएसँगै रिमाल र थापा सेल्फ आइसोलेसनमा बसेका छन् ।

प्रधानमन्त्रीसँगको भेटघाटमा नजिक रहेका दुवैजना कोरोना संक्रमित भएका छन् । पछिल्लो समय प्रधानमन्त्रीसँगको भेटघाट के कति थियो खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्