एकैदिन थपिए २१२० जना कोरोना संक्रमित


ओकेजनता डेस्क
१७ आश्विन २०७७, शनिबार

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार १ सय २० थप जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १२ हजार ९ सय ७८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये १ हजार १ सय ७७ जना उपत्यकाका छन् । काठमाडौंका १ हजार १ जना, भक्तपुरका ६७ र ललितपुरका १ सय ९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २ हजार ४४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्