प्रधानमन्त्रीले हटाउन नसक्ने मन्त्रीहरु !


ओकेजनता डेस्क
१७ आश्विन २०७७, शनिबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अहिले बिदा नगर्ने मन्त्रीहरुमा कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, कानून मन्त्री शिवमाया तुम्बाहाम्फे, भौतिक योजना तथा यातायात मन्त्री वसन्त नेम्वाङ रहेका छन् ।

यता, २ वर्ष कार्यकाल पुरा भएपनि परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र भूमिसुधार मन्त्री पद्मा अर्याल पनि विदा नहुने देखिएको छ । केही मन्त्रालय टुक्राएर भएपनि यी मन्त्रीहरुलाई यथावत राख्ने प्रधानमन्त्रीको योजना रहेको स्रोत बताउँछ ।

यद्दपी मन्त्रिमण्डल पुनर्गठनको सवालमा २ वर्षको समयावधि पुरा गरेकालाई हटाउने कुनै वैधानिक समझदारी नेताहरुले गरेका छैनन ।

त्यसैले प्रधानमन्त्री बाहेक जुनसुकै मन्त्री परिवर्तन हुनसक्ने सम्भावना पनि छ । नयाँ बन्ने मन्त्रीहरुमा धेरैको चर्चा रहेको छ ।

अर्थमन्त्रीमा बिष्णु पौडेलको सहमति जुटिसकेको छ । बाँकी मन्त्री हुनेमा भीम रावल, सुरेन्द्र पाण्डे, महेश बस्नेत, विशाल भट्टराई, दार्चुलाका सांसद गणेशसिंह ठगुन्नाको चर्चा छ ।

प्रतिक्रिया दिनुहोस्