कार्यकारी अधिकृत रेग्मीमाथि नै मन्त्री प्रेम आलेको एक्सन


ओकेजनता डेस्क
२२ कार्तिक २०७८, सोमबार

काठमाडौं । पर्यटन मन्त्रालयले त्रिभुवन विमानस्थलमा भएको घटनालाई लिएर पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत सीईओ धनञ्जय रेग्मीलाई स्पष्टीकरण सोधेको छ ।

रेग्मीले शनिबार लन्डनबाट फर्किने क्रममा त्रिभुवन विमानस्थलमा भन्सारका कर्मचारीलाई हातपात गरेका थिए । स्रोतका अनुसार पर्यटनमन्त्री प्रेम आलेको निर्देशनमा मन्त्रालयले तीन दिने स्पष्टीकरण सोधेको हो ।

मन्त्री आलेले रेग्मीलाई मन्त्रालयमा बोलाएर घटनाबारे सोधपुछ समेत गरेका थिए । रेग्मीबाट चित्तबुझ्दो जवाफ नआएपछि उनले सचिव यादव कोइरालालाई लिखित स्पष्टीकरण दिन निर्देशन दिएका हुन् ।

लिखिच स्पष्टीकरण पनि चित्तबुझ्दो नआएको खण्डमा उनीमाथि मन्त्रालयले कारवाहीको तयारी गरेको छ । स्रोतका अनुसार मन्त्रालय पहिल्यैदेखि रेग्मीको कार्यसम्पादनमा सन्तुष्ट थिएन ।

स्पष्टीकरणको जवाफ आएपछि उनलाई बोर्डबाट हटाउनेसम्मको तयारी गरिएको स्रोतले बतायो । मन्त्री आले र सचिव कोइरालासहित एउटा कार्यक्रममा भाग लिन रेग्मी लन्डन गएका थिए ।

फर्किने क्रममा त्रिभुवन विमानस्थलमा भन्सारका कर्मचारीले सोधपुछ गरेपछि विवाद भएको थियो । यस क्रममा रेग्मीले ती कर्मचारीलाई थप्पड हानेका थिए ।

प्रतिक्रिया दिनुहोस्