कोरोनाले व्यापार धरासायी, सरकार ! कसरी भाडा तिर्ने ?


ओकेजनता डेस्क
२२ भाद्र २०७७, सोमबार

धनुषा । कोरोना भाइरसको जोखिम बढेसँगै संक्रमणको दर बढ्दै गएपछि मुलुकको व्यापार व्यवसाय धरासायी बन्दै गएको छ । जसको मारमा धनुषाको जनकपुरधामलगायत दुई नम्बर प्रदेशका व्यवसायी पनि परेका छन् ।

कोरोनाको संक्रमण बढ्दै गएपछि धनुषाको जनकपुरधाम लगायत प्रदेश दुईको व्यवसायमा गिरावट आएको छ । बैंकको ऋणबाट व्यवसाय सञ्चालन गर्ने व्यापारी यसको मारमा परेका छन् । कोरोनाको संक्रमण दर एकैपटक नसकिने भएकाले सरकारले नयाँ नीति लागू गर्नुपर्ने व्यवसायीको भनाइ छ ।

करले धानेको नेपालको अर्थतन्त्रलाई बलियो बनाउन व्यवसायीको मर्का पनि सरकारले बुझ्नुपर्ने व्यापारीको भनाइ छ । जनकपुरधाम उद्योग वाणिज्य संघले व्यवसाय सञ्चालनका लागि प्रदेश सरकार र जिल्ला प्रशासनसँग आग्रह गर्दै आएको छ ।

धनुषा चेम्बर्सले व्यवसायीलाई पलायन हुन नदिन लकडाउन खोल्नुपर्ने, बैंक ब्याज, घरभाडा मिनाहा गरिनुपर्ने भन्दै आन्दोलन गर्दै आएको छ । विगत ६ महिनाको मधेश आन्दोलन, जनकपुरधाम पुनर्निमार्णको क्रममा करोडौको नोक्सानी व्योहोरिसकेका व्यवसायी अहिले लकडाउनको मारमा परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्