प्रहरी जवानले बर्षाए आफ्नौ सहकर्मीमाथि गोःली, चारको मृःत्यु


ओकेजनता डेस्क
२२ कार्तिक २०७८, सोमबार

काठमाडौं । छत्तीसगढको सुकमा आइतबार राति केन्द्रीय रिजर्भ पुलिस फोर्स सीआरपीएफका एक जवानले आफ्ना साथीहरूमाथि एके–४७ ले फायरिङ गरेका छन् ।

घटस्नामा चार जना जवानको मृःत्यु भएको छ भने ३ जना घाइते रहेका छन् । यसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

गम्भीर घाइःतेहरूलाई हेलिकप्टरको माध्यमबाट रायपुर लगिएको छ । घटनापछि आरोपित जवानलाई हिरासतमा राखिएको छ । हालसम्म उनले किन गोःली चलाए भन्ने खुल्न सकेको छैन ।

जानकारी अनुसार यो घःटना कोटा विकासखण्डको ग्राम लिंगनपल्लीस्थित २१७ बटालियन क्याम्पमा भएको थियो । बिहान ३ बजेर १५ मिनेट जाँदा रितेश रञ्जन नाम गरेका जवानले साथीहरूमाथि फायरिङ गरेका थिए । गोली लागेर दुई जना जवानको घटःनास्थलमै मृत्यु भएको थियो ।

यो क्याम्पमा ८५ औँ बटालियन जवानको पनि क्याम्प रहेको छ । राति गोली चलेपछि क्याम्पमा भागदौड मच्चिएको थियो । अन्य जवान दौडेर घटःनास्थलमा पुगेपछि अफिसरहरूलाई जानकारी दिइएको थियो ।

त्यसपछि घटनामा घाइते भएका पाँचजना जवानलाई ११ किलोमिटर टाढा रहेको तेलंगानास्थित भद्राचलम अस्पताल लगियो । उपचारका क्रममा थप दुई जनाको मृःत्यु भयो । घाइःतेमध्ये दुई जना गःम्भीर रहेकाले उनलाई रायपुर रेफर गरियो ।

बदलाको भावना वा मानसिक सन्तुलन बिग्रेको कारणले यो घटना भएको हुनसक्ने अनुमान गरिएको छ । एक दिनअघि मात्र आरोपितको उनको साथीहरूसँग विवाद भएको थियो । उनी केही दिनदेखि तनावमा रहेको पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्