रहिनन् चर्चित गायिका, विमानबाट खसेको भिडियो भाइरल (भिडियोसहित)


ओकेजनता डेस्क
२१ कार्तिक २०७८, आईतवार

काठमाडौं । ब्राजिलकी युवा गायिका मारिलिया मेन्डोन्काको विमान दुर्घःटनामा निःधन भएको छ । उनी देशको सबैभन्दा चर्चित गायिकामध्ये एक थिइन् ।

​मारिलिया ल्याटिन ग्रामी अवार्ड विजेता रहिसकेकी छन् । द क्वीन अफ सफरिङ को नामले पनि चिनिने उनी मात्र २६ वर्षकी रहेकी थिइन् । हालसम्म दुर्घटनाको कारण पत्ता लाग्न सकेको छैन ।

मारिलिया ब्राजिलमा नै आफ्नो एक साङ्गीतिक कार्यक्रममा भाग लिन गइरहेकी थिइन् । उनको विमान ब्राजिलको गोइयानिया सहरका लागि उडेको थियो । सोही दौरान विमान दुःर्घटना भएको थियो । घटनामा उनीसँगै अन्य चार जनाको मृःत्यु भएको छ ।

यसमा उनको अंकल, एक प्रोड्युसर र दुई चालक दलका सदस्य रहेको बताइएको छ । घटनाभन्दा ठीक अघि उनले आफ्नो सामाजिक सञ्जालमा एक भिडियो सेयर गरेकी थिइन् ।

उक्त भिडियोमा उनले निजी विमान चढ्न लागेको देख्न सकिन्छ । सोही भिडियो यतिबेला भाइरल बनेको छ ।

प्रतिक्रिया दिनुहोस्