प्रधानमन्त्री निवासमै ह:मला, यस्तो छ स्थिति


ओकेजनता डेस्क
२१ कार्तिक २०७८, आईतवार

काठमाडौं । इराकका प्रधानमन्त्री मुस्तफा अल कदीमीको आधिकारिक निवासमा आइतबार बिहान वि:स्फोट पदार्थसहितको ड्रोन ह:मला गरिएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार आइतबार बिहान गरिएको हम:लामा प्रधानमन्त्रीको निवासलाई लक्षित गरिएको हो । इराकी सेनाले प्रधानमन्त्रीको ह:त्या गर्ने उद्देश्यसहित हमला गरिएको थियो तर उनी सुरक्षित रहेको जानकारी दिएको छ ।

सेनाद्वारा जारी विज्ञप्तिमा हमला इराकको राजधानी बगदादको ग्रीन जोन क्षेत्रमा भएको थियो । योभन्दा थप जानकारी उपलब्ध गराइएको छैन । सरकारका दुई अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले प्रधानमन्त्रीको निवासमा कम्तीमा एउटा वि:स्फोट भएको थियो । उनीहरूले पनि प्रधानमन्त्री सुरक्षित रहेको पुष्टि गरेका छन् ।

प्रधानमन्त्री अल कदीमीले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टबाट आफूलाई सुरक्षित बताउँदै शान्ति कायम राख्न अपिल गरेका छन् । हालसम्म कुनै पनि संगठनले आक्र:मणको जिम्मेवारी दिएको छैन ।

ग्रीन जोनमा बसोबास गर्ने पश्चिमी देशका राजदूतहरूले सो क्षेत्रमा वि:स्फोट र गो:लाबारीको आवाज सुनेको बताएका छन् । केही दिन यता ग्रीन जोनबाहिर ईरानसमर्थित संगठनका समर्थकहरूले सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्