भाइटीकाकै दिन कान्छीलाई लाठीले हिर्काउँदा गुम्यो ज्यान


ओकेजनता डेस्क
२१ कार्तिक २०७८, आईतवार

काठमाडौं । दाङमा श्रीमान्को लाठी प्रहारबाट श्रीमतीको मृःत्यु भएको छ ।

गढवा गाउँपालिका–६ बालापुरका ६० वर्षीय दानबहादुर थापाले ५० वर्षीया श्रीमती सुनिता रोकालाई लाठी प्रहार गरी हःत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मदिरा सेवन गरेका थापाले सामान्य विवादका क्रममा श्रीमतीलाई लाःठीले टाउको तथा घाँटीमा हिर्काएको र सुनिताको घटःनास्थलमै मृःत्यु भएको कार्यालयले जनाएको छ ।

उनी थापाकी कान्छी श्रीमती हुन् । हःत्या आरोपित थापा भने फरार रहेको र खोजी थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्