काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किँदै हुनुहुन्छ । स्कटल्याण्डको कोप २३ (जलवायु परिवर्तन सम्बन्धि) कार्यक्रममा सहभागिता जनाएर देउवा आज स्वदेश फर्क लाग्नुभएको हो ।
यतिबेला प्रधानमन्त्री देउवा स्कटल्याण्ड जाँदा उनको निकै आलोचना भएको छ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले नै देउवाको विरोध गरेका छन् । नेपालको न्यायालयमा देखिएको विवाद समाधान नगरी देउवा विदेश गएकोप्रति यादवको आक्रोश छ ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायालयको साख गिराएको भन्दै उनको राजीनामाका लागि चौतर्फी दबाब बढेको छ । उहाँ अझै राजीनामा दिने मनस्थितिमा हुनुहुन्न ।
तर, पछिल्लो घटनाक्रमले प्रधानन्यायाधीशको राजीनामा कन्फर्मजस्तै भएको छ । प्रधानमन्त्री देउवा आज स्वदेश पुगेलगत्तै उनको बारेमा निर्णय लिइनेछ ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वराष्ट्रपति डा. यादवलगायतका नेताहरु र बारका सबै पदाधिकारीले जबराको राजीनामा मागिसकेका छन् । प्रधानमन्त्री देउवा पनि पार्टीको दबाबका कारण प्रधानन्यायाधीशले राजीनामा देउन् भन्ने मूडमा रहनुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किँदै हुनुहुन्छ । स्कटल्याण्डको कोप २३ (जलवायु परिवर्तन सम्बन्धि) कार्यक्रममा सहभागिता जनाएर देउवा आज स्वदेश फर्क लाग्नुभएको हो ।
यतिबेला प्रधानमन्त्री देउवा स्कटल्याण्ड जाँदा उनको निकै आलोचना भएको छ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले नै देउवाको विरोध गरेका छन् । नेपालको न्यायालयमा देखिएको विवाद समाधान नगरी देउवा विदेश गएकोप्रति यादवको आक्रोश छ ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायालयको साख गिराएको भन्दै उनको राजीनामाका लागि चौतर्फी दबाब बढेको छ । उहाँ अझै राजीनामा दिने मनस्थितिमा हुनुहुन्न ।
तर, पछिल्लो घटनाक्रमले प्रधानन्यायाधीशको राजीनामा कन्फर्मजस्तै भएको छ । प्रधानमन्त्री देउवा आज स्वदेश पुगेलगत्तै उनको बारेमा निर्णय लिइनेछ ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वराष्ट्रपति डा. यादवलगायतका नेताहरु र बारका सबै पदाधिकारीले जबराको राजीनामा मागिसकेका छन् ।