आहा ! दिपायलमा विमान सरर (तस्बिरहरु)


ओकेजनता डेस्क
१७ आश्विन २०७७, शनिबार

काठमाडौं । डोटीको दिपायल एअरपोर्टमा समिट एअरको विमान गुडेको छ । पहिलो पटक कालोपत्रे गरिएको विमानस्थलमा विमान उडेको हो ।

एअरपोर्टको उद्घाटन गर्न पर्यटन मन्त्री योगेश भट्टराई दिपायल विमानस्थल पुगेका छन् ।

डोटीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित प्रेम आलेमगर पनि सोही विमानमा दिपायल पुगेका छन् । पहिलो पटक दिपायलको विमानस्थलमा विमान गुडेपछि हेर्नेको घुइँचो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्