डिउटीमा रहेका प्रहरी जवानले यसरी ज्यान गुमाए


ओकेजनता डेस्क
१६ कार्तिक २०७८, मंगलवार

काठमाडौं । रौतहटको पूर्वीभेग स्थित मोटरसाइकल दुर्घटनामा परेर एकजना प्रहरी जवानको मृत्यु भएको छ । गढीमाई नगरपालिकाको धरमपुरस्थित बागमती नदीको पुलमा ठोक्किएर गएराति एकजना प्रहरी जवानको मृत्यु भएको हो ।

सर्लाहीको धनकौल वैरिया घर भई दुर्गा भगवती गाउँपालिका बडहराका प्रहरी चौकीमा कार्यरत ३३ बर्षिय रामनिवास यादवको बागमती नदीको पुलमा सोमवार राति सवा ८ बजे मोटरसाइकल दुर्घटना भई मृत्यु भएको प्रहरीले जनाएको हो ।

दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीको नेतृत्वका इप्रका पिपरा रजबाडा सहितको टोली घटनास्थल पुगेको थियो ।

डिएसपी श्रीराम भण्डारीले घटनाको कारणबारे अनुसन्धान भइरहेको तथा मृतक प्रहरी जवान यादवको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको डिएसपी भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्