नेपाली जनसम्पर्क समिति अमेरिकाद्वारा चियापान कार्यक्रम आयोजना


ओकेजनता डेस्क
१५ कार्तिक २०७८, सोमबार

काठमाडौं । नेपाली जनसम्पर्क समिति अमेरिकाले न्यूयोर्कमा शुभकामना आदान–प्रदान एवं चियापान कार्यक्रम सम्पन्न गरेको छ। दशैंतिहार, छठ र नेपाल संवतलगायतका चाडपर्वको अवसर पारेर समितिले शनिबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो।

नेपाली कांग्रेसले हरेक वर्ष दशैंको कोजाग्रत पूर्णिमाका दिन परम्परागत रुपमा शुभकामना आदानप्रदान र चियापान कार्यक्रम गर्ने गर्दछ। तर, यसपटक कोरोना संक्रमणका कारण नेपालमा कार्यक्रम नगरिए पनि न्यूयोर्कमा भने आफूहरुले चियापान कार्यक्रम आयोजना गरेको समितिका सभापति एवं कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टले जानकारी दिएका छन्।

‘यो पार्टीले गर्ने कार्यक्रमकै निरन्तरता हो, आपसी सद्भाव, मेलमिलाप र भाइचारा अभिवृद्धि गर्ने सबै चाडबाडको शुभकामना आदानप्रदानसहित हामीले यस्तो कार्यक्रम गरेका हौँ’, सभापति विष्टले भने।

समितिको कार्यक्रममा न्युयोर्कस्थित नेपाली समाजका संघ, संगठन प्रतिनिधि, जनसम्पर्क समितिका सदस्य एवं शुभेच्छुकहरु, कानुन व्यवसायी, कलाकार, संचारकर्मी र विभिन्न पेशा र व्यवसायमा आवद्ध नेपालीहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्