फेसबुकको नयाँ नाम ‘मेटा’


ओकेजनता डेस्क
१२ कार्तिक २०७८, शुक्रबार

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरेर ‘मेटा’ राखेको छ ।

फेसबुकले नयाँ नामले नयाँ नयाँ कामको विषयमा जानकारी गराउने बताएको छ । साथै, फेसबुले सामाजिक सञ्चार माध्यमको क्षेत्रमा भर्चुअल रियालटी जस्ता क्षेत्रमा आफ्नो कामको दायरा बढाउन लागेको छ ।

फेसबुकले केही समयअगाडि मात्रै ‘मेटावर्स’ को विकासका लागि युरोपमा १० हजार मानिसहरुलाई नियुक्त गर्ने जानकारी गराएको थियो ।

मेटावर्स भर्चुअल रियालिटी (भिआर)को परिमार्जित स्वरुप हो । तर कतिपयले यसलाई इन्टरनेटको भविष्य समेत भएको बताएका छन् ।

मेटावर्समा सबै प्रकारका डिजिटल वातावरण जोड्ने ‘भर्चअल वल्र्ड’ मा जोडिनका लागि कम्प्युटरको सट्टामा केवल हेडसेटको प्रयोग गर्न सकिन्छ ।

भिआरको उपयोग धेरैजसो खेलमा हुन्छ । तर, यो भर्चअल वल्र्डको उपयोग व्यवहारिक रुपमा काम, खेल, संगीत कार्यक्रम, फिल्म वा बाहिर घुम्नका लागि पनि प्रयोग गर्न सकिन्छ । ​फेसबुले मेटावर्सलाई प्राथमिकताको पहिलो नम्बरमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्