एमसीसीकै पक्षधर डा. युवराज खतिवडा अमेरिका जानुको रहस्य !


ओकेजनता डेस्क
१५ आश्विन २०७७, बिहीबार

काठमाडौं । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाको राजदूतमा सिफारिस गरेसँगै अर्को सान्नाटा छाएको छ ।

इन्डोप्यासिफिक रणनीतिको अंगका रुपमा रहेको मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लाई पास गराउन र २०१९ मा सम्झौता हुँदा केही बुँदा परिमार्जन गर्न सफल भएका डा. खतिवडालाई प्रधानमन्त्री ओलीले राजदूत बक्सिस दिएको नाम नखुलाउने सर्तमा एक नेकपा नेताले बताएका छन् ।

श्रीलंकाबाट फेल भएर आएको एमसीसी नेपालमा लागू गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले धेरै तिगडम गरेपनि सफल हुन सकेको छैन । महाकाली सम्झौताका बेला पार्टी नै विभाजनको संहारमा जाने गरी भएको सम्झौता र एमसीसीमा देखिएको तडकभडकले नेकपाको भविष्यलाई समेत चित्रण गरेको थियो ।

२०१७ पछि २०१९ को एसमसीसी सम्झौतामा कर्मचारी छनोटमा नागरिकताले कुनै प्रवाह नगर्ने भनिएको छ ।

डा. युवराज खतिवडाले अमेरिकी परियोजना एमसीसीलाई पास गराउन हरसम्भव प्रयत्न गरेका थिए । नेपाली जनताले एमसीसी खारेजको माग गरेसँगै सरकार केही पछाडि हटेको थियो ।

सन् २००४ मा अमेरिकी सरकारले ल्याएको परियोजना सन् २०१७ मा मात्रै लागू हुनु त्यसमा पनि चीनको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) पछाडि सम्झौता हुनुले धेरै नेपालीमा शंका उब्जेको छ ।

अनुदान निशर्त हुने भएकाले गाँठो पारेर जालमा बाँध्ने गरी नेपालको अस्मिता धमिलिने गरी आर्थिक सहयोग नचाहिने नेपाली नागरिकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्