रातारात संसद अधिवेशनको अन्त्य, अब यस्तो हुन्छ


ओकेजनता डेस्क
११ कार्तिक २०७८, बिहीबार

काठमाडौं । मन्त्रिपरिषदको बैठकले चालू संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको एक मन्त्रीले बताए । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले शुक्रबार मध्यरातदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गर्न लागेको हो ।

गत भदौ २३ गतेदेखि सुरु भएको प्रतिनिधिसभाको नवौं अधिवेशनको १३ वटा बैठक नेकपा एमालेले अवरोध गरेको थियो ।

प्रमुख प्रतिपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभाको यो अधिवेशन बेकामे बनेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्