दशैँ आयो, खसी, बोका, च्याङ्ग्रा किन्ने तरिका ?


ओकेजनता डेस्क
१५ आश्विन २०७७, बिहीबार

काठमाडौं । यसपालीको दशैँ, तिहारलाई मध्येनजर गरेर काठमाडौंमा सिमित खसी, बोका, च्याङ्ग्रा मात्रै ल्याइने भएको छ ।

कोरोना महामारीको ख्याल गर्दै तीन हजारमात्रै खसी, बोका, भेडाच्याङ्ग्रा ल्याइने वाणिज्य, आपूर्ति तथा उपभोक्ता हीत संरक्षण मञ्चका महानिर्देशक नेत्रप्रसाद सुवेदीले ओकेजनतालाई जानकारी दिनुभयो ।

कोरोना महामारीको ख्याल गर्दै यसपाली खसीबोका किन्न अनलाइन मार्फत् पनि उपभोक्ताले अर्डर गर्न पाउने भएका छन् । अनलाइन मार्फत् खसी बोका र च्याङ्ग्राको भिडियो देखाइने छ । सोही अनुसार मोलमोलाइ गरेर घरसम्म डेलिभरी गर्ने व्यवस्था छ । डेलिभरी गरेको पैसा पर्ने छैन ।

सुवेदीका अनुसार माग बढेमा केही मात्रामा खसी बोका थपिने छन् । बजारमा अभाव सिर्जना हुन नदिने गरी भेडाच्याङ्ग्रा पनि थपिने भएका छन् ।

सर्वसाधारणहरुले काठमाडौमा कम खसी, बोका आएको भनी गुनासो गरिरहेकाले बाहिर आएको हल्लाजस्तो अव्यवस्थित नभएको सुवेदीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्