आफूलाई घचेट्नेलाई देखाइदिने धमलाको चेतावनी, बिहानै यसरी फायर…

ओकेजनता डेस्क
१० कार्तिक २०७८, बुधबार

काठमाडौं । पछिल्लो समय सर्वोच्च अदालतमा देखिएको विवादका कारण न्यायालयमाथि गम्भीर प्रश्न र संकट आइलागेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कारण न्याय क्षेत्र दुषित भएको भन्दै सर्वोच्चकै न्यायाधीशहरुले उनको राजीनामा मागिरहेका छन् । आज राजीनामा नआए देशव्यापी रुपमा आन्दोलनका कार्यक्रम घोषणा गर्ने बारले निर्णय गरिसकेको छ ।

यता, प्रधानन्यायाधीश जबराले भने आफू संवैधानिक प्रक्रियाबाट मात्रै बिदा हुने बताएका छन् । महाअभियोगको सामना गर्न तयार देखिएका जबराले राजीनामा दिने संकेत गरेका छैनन् ।

यसैबीच, मंगलबार बारको बैठक बसिरहेको थियो । त्यसैक्रममा पत्रकार ऋषि धमला सोही बैठकस्थलमा प्रवेश गरेर लाइभमा छौँ भन्दै प्रश्न गर्न थाले । त्यतिबेलाको त्यहाँको माहोल अस्वभाविक देखिन्थ्यो ।

हुनत, निष्कर्षविहीन बैठकको औचित्य नभएपनि बैठक चलिरहेको बेला लाइभ भन्दै जानु नैतिकपन थिएन । जब धमला एक न्यायाधीशलाई प्रश्न गर्न थाले अर्को न्यायाधीश आएर उनलाई घचेटेर बाहिर पठाए ।

हिजोको त्यो दृष्यको खलपात्र धमलाले आफूलाई अझै ठानेका छैनन् । उल्टै आफूलाई घचेट्नेलाई देखाइदिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्