दाहालले भने सबै आउनुहोस्, एकतामा बल छ


ओकेजनता डेस्क
१५ आश्विन २०७७, बिहीबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेत्रविक्रम चन्द, मोहन वैध, बाबुराम भट्टराईलाई एकतामा आउन आग्रह गरेका छन् ।

दाहालले पूर्व माओवादीबाट विभाजित भएर गएका कम्युनिष्ट घटकहरुलाई एकतामा आउन आग्रह गरेका हुन् ।

अध्यक्ष दाहालले यत्रतत्र रहेका पूर्व माओवादी नेताहरु पनि मुलधारतिरै फर्किनु देश र जनताको हितमा रहने बताएका छन् ।

पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले अहिलेको सन्दर्भमा एकता नै बल भएकाले विभाजित भएकाहरुलाई नेकपामै समाहित हुन् आह्वान गरेका हुन् ।

म आग्रह गर्छु बाबुराम जी, किरण जी र विप्लवलाई भन्न चाहन्छु जे फरक विचारहरु छन्, सँगै बसौँ, छलफल गरौँ र एउटा विधि प्रक्रियामा गएर निर्णय गरौँ ।

उनले कम्युनिष्ट आन्दोलनलाई अझ बलियो बनाउने भन्ने कुरा आफ्नै काँधमा रहेको उल्लेख गरे । दाहालले नेकपा नेतृत्वले समाजवाद निर्माण गर्ने आधार तयार पारिरहेको उल्लेख गरे ।

प्रचण्डले एकतामा बल हुँदो रहेछ भन्ने कुरा एमाले र माओवादी केन्द्रको एकताले पुष्टि गरिसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्