ओलीको अर्को घोषणाले तरंग, प्रचण्डलाई थप चुनौती

ओकेजनता डेस्क
७ कार्तिक २०७८, आईतवार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अर्को चुनाव जित्न नसक्ने दावी गरेका छन् ।

नेपाललाई अपराधिक तत्व संज्ञा दिँदै उनले अब एमालेमा उनको स्थान नभएको बताए । झापामा वृहद पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड–माधवलाई आफूहरूले टाँसिदिएको जुँगामा ताउ नलगाउन आग्रह गरे ।

‘संसदमा एक–दुईजना मान्छेहरू उफ्रिपाफ्री गरिरहेका छन्,’ ओलीले भने, ‘हामीले टाँसिदिएका जुँगामा ताउ नलगाऊ, पहिले आफू जुँगा उमार ।’

उनले अगाडि थपे, ‘हामीले चुनाव जिताइदिएर संसदमा ल्याएको हो । प्रचण्डको फुर्ती हामीले जगाइदिएको हो । अब जितेर देखाउन् । उनीहरूलाई कसले भोट दिन्छ ? विनाशकारी, विध्वंसकारी तत्वलाई कसले भोट दिन्छ ? जनताले भन्नेछन्– जाऊ अदालत गएर परमादेश लिएर आऊ, हामीकहाँ किन आउँछौं ?’

माधव नेपाललाई अपराधिक तत्वको संज्ञा दिँदै ओलीले उनलाई एमालेमा अब कुनै स्थान नरहने बताए ।

‘बिग्रिएका तत्व पार्टीमा थुपारेर काम छैन । माधव नेपालबाहेक अरु फर्किए हुन्छ, तर माधव नेपालजस्ता आपराधिक तत्वलाई एमालेमा स्थान दिइँदैन ।

यो देश बनाउनेहरुको पार्टी हो । माधव नेपालजस्ता देशी–विदेशी प्रतिक्रियावादीको सेवा गर्ने र कम्युनिष्ट सरकार ढाल्नेलाई यहाँ कुनै स्थान छैन,’ ओलीले भने ।

माधव नेपालको पछि लागेका दुई–चार जना अझै अलमलमा परिरहेको देख्दा आफूलाई अचम्म लागेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्