ओलीले रावललाई चिढाएर यी नेतालाई काखमा लिएको खुलासा


ओकेजनता डेस्क
७ कार्तिक २०७८, आईतवार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष भीम रावललाई १० बुँदे कार्यान्वयनका लागि गठित कार्यदलबाट राजीनामा फिर्ता लिन खबर पठाएका छन् ।

कार्यदल सही ट्रयाकमा जान नसकेको निष्कर्षपछि राजीनामा बुझाएका रावललाई ओलीले राजीनामा फिर्ता लिन शनिबार राति नै खबर पठाएको बुझिएको छ । एक नेताका अनुसार बेला बेला आक्रोशमा आउने रावललाई यसपटक पनि फकाउन ओलीले प्रयास गरेका छन् ।

१० बुँदै कार्यान्वयनमा लचकता नदेखाएका ओलीलाई १० भाइले दबाब दिइरहेका छन् । एमाले भित्र पनि ओलीले १० भाइमध्ये केहीको मन जितिसकेका छन् ।

ओली बरु प्रभु साहलाई रिझाइरहेका छन् भने रावललाई पाखा लगाउने प्रयासमा छन् । ओलीका पछिल्ला गतिविधि र नवगठित कार्यदलको ढाँचाले पनि रावलमाथि दबाब रहेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष भीम रावललाई १० बुँदे कार्यान्वयनका लागि गठित कार्यदलबाट राजीनामा फिर्ता लिन खबर पठाएका छन् ।

कार्यदल सही ट्रयाकमा जान नसकेको निष्कर्षपछि राजीनामा बुझाएका रावललाई ओलीले राजीनामा फिर्ता लिन शनिबार राति नै खबर पठाएको बुझिएको छ । एक नेताका अनुसार बेला बेला आक्रोशमा आउने रावललाई यसपटक पनि फकाउन ओलीले प्रयास गरेका छन् ।

१० बुँदै कार्यान्वयनमा लचकता नदेखाएका ओलीलाई १० भाइले दबाब दिइरहेका छन् । एमाले भित्र पनि ओलीले १० भाइमध्ये केहीको मन जितिसकेका छन् ।

ओली बरु प्रभु साहलाई रिझाइरहेका छन् भने रावललाई पाखा लगाउने प्रयासमा छन् । ओलीका पछिल्ला गतिविधि र नवगठित कार्यदलको ढाँचाले पनि रावलमाथि दबाब रहेको छ ।

प्रतिक्रिया दिनुहोस्