BREAKING : सुर्खेतबाट काठमाडौँ आउँदै गरेको बसमा अकास्मात आगःलागी


ओकेजनता डेस्क
७ कार्तिक २०७८, आईतवार

काठमाडौं । सुर्खेतबाट काठमाडौँ आउँदै गरेको बसमा आगःलागी भएको छ ।

आइतबार राति २ बजे धादिङको गजुरीमा गुडिरहेको बसमा आगःलागी भएको हो । इलेक्ट्रिक सट भएर ना ६ प १४७१ नम्बरको बसमा आगःलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङ प्रहरीका प्रवक्ता डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए।

प्रहरीका अनुसार बसको अधिकांश भाग जलेको र बाहिर निकाल्न नसक्दा केही यात्रुका लगेज पनि जलेका छन् । यात्रुबाहक बस आगलागीमा मानवीय क्षति भएको छैन ।

प्रतिक्रिया दिनुहोस्