एमालेको वडा अधिवेशन सम्पन्न, यस्ता बने संरचना


ओकेजनता डेस्क
६ कार्तिक २०७८, शनिबार

काठमाडौं । नेकपा एमालेको आज शुरु भएको देशव्यापी वडा अधिवेशन सम्पन्न भएको छ ।

थापाथलीस्थित केन्द्रीय कार्यालयबाट अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेपछि देशव्यापी रुपमा वडा अधिवेशन शुरु भएका थिए ।

६ हजार ७ सय ४३ वडामध्य बाढी पहिरोले प्रभावित र आन्तरिक विवाद मिलाउन बाँकी केही वडामा मात्रै अधिवेशन हुन बाँकी छ । अधिवेशन हुन बाँकी वडामा अधिवेशन चाँडै गर्न अध्यक्ष ओलीले निर्देशन दिएका थिए । सम्बन्धित पालिका कमिटीले वडा अधिवेशन सम्पन्न गर्ने छन् ।

अधिवेशन सम्पन्न भएसँगै परिणाम आउन थालेका छन् । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले ५ हजार भन्दा बढी वडामा सर्वसम्मतरुपमा नेतृत्व चयन भएको विवरणहरु आएको नेपाल प्रेसलाई जानकारी दिए ।

बाँकीमा पनि शान्तिपूर्ण रुपमा अधिवेशन सम्पन्न भएको उनको भनाइ छ । पालिका कमिटीका अधिवेशनहरु ९ गते हुने छन् । एमालेले मंसिर १०–१२ गते चितवनमा १० औं महाधिवेशन गर्दै छ ।

 

प्रतिक्रिया दिनुहोस्