काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पार्टीलाई एकढिक्का बनाउनका निम्ति गरिएको १० बुँदे कार्यान्वयन नभएपछि त्यस समितिबाट राजीनामा दिएसँगै एमालेमा थप जटिलता सिर्जना भएको छ ।
पार्टी नेतृत्वको तानाशाही प्रवृतिविरुद्ध उत्रिन नसकेका नेता कार्याकर्ताहरु रावलको कदमपछि थप सशक्त बनेका छन् । एमाले नेताहरुले पार्टीलाई एकीकृत गर्नका लागि पार्टी अध्यक्षले सबैको कुरा शीरोधार्य गनुपर्ने माग राख्दै आएका छन् ।
यता, नेता रावलले आफूले सहमति गर्न खोज्दा ओलीले मार्ग प्रशस्त नगरेको र १० बुँदे कार्यान्वयनका नाममा नाटक मञ्चन गरेको आरोप लगाएका छन् । पार्टी अध्यक्ष ओलीले भने रावलले कार्यदलमा का मगर्न नसकेर राजीनामा दिएको दाबी गरेका छन् ।
रावललाई पार्टीका पेलान भएपछि उनी निकट नेताहरु पनि थप सक्रिय भएका छन् । ओलीलाई सवक सिकाउन भन्दै रावललाई भेट्ने क्रम जारी रहेको स्रोतले जनाएको छ ।
भीम रावलले पनि अपमान सहन नसकिने भन्दै केही नयाँ घोषणाको तयारी गरेको उनी निकट नेताहरु बताउँछन् ।
नेकपा एमालेका नेता भीम रावलले पार्टीलाई एकढिक्का बनाउनका निम्ति गरिएको १० बुँदे कार्यान्वयन नभएपछि त्यस समितिबाट राजीनामा दिएसँगै एमालेमा थप जटिलता सिर्जना भएको छ ।