कांग्रेस नेता रामचन्द्रको नयाँ खुलासा


ओकेजनता डेस्क
६ कार्तिक २०७८, शनिबार

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पूर्व राजाले धम्क्याउन थालेको बताएका छन् ।

कैलालीलको धनगढीमा शनिबार आयोजित एक कार्यक्रममा पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रमा पूर्वराजाले उपदेश दिनु राम्रो नभएको बताए ।

‘आज राजाले धम्क्याउन थालीसके, उपदेश दिन थाल्यो ज्ञानेन्द्रले,’ आक्रोसित हुँदै उनले भने, ‘ज्ञानेन्द्रले उपदेश दिने हो आजको संघीय लोकतान्त्रिक गणतन्त्रमा ? यो सुनेर बस्ने हो आजका नेपालका नेताहरुले ?’

अर्को फरक प्रसंगमा समयमै महाधिवेशन गर्न नसक्दा नेपाली कांग्रेस असंवैधानिक बनेको बताए । सभापति शेरबहादुर देउवाले समयमै काम नगरेकाले यस्तो अवस्था आएको उनको आरोप छ । कांग्रेसमा आन्तरिक लोकतन्त्र विकासको खाँचो भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्