आज र भोलि सार्वजनिक विदा दिने सरकारको निर्णय


ओकेजनता डेस्क
२ कार्तिक २०७८, मंगलवार

काठमाडौं । सरकारले आज मंगलवार मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकको निर्णयले मोहम्मद जयन्तीको अवसरमा मंगलवार मुस्लिम समुदायलाई सार्वजनिक विदा दिएको हो ।

यस्तै कर्णाली प्रदेशमा कार्तिक ३ गते बुधबार सार्वजनिक विदा दिइने भएको छ।

कोजाग्रत पूर्णिमाको दिन कर्णाली प्रदेश सरकारले प्रदेशभर लागू हुनेगरी सार्वजनिक विदा दिने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्