जब मन्त्री रामकुमारी झाक्रीले यसो भनिन…


ओकेजनता डेस्क
२२ आश्विन २०७८, शुक्रबार

काठमाडौं । नवनियुक्त मन्त्रीहरुले शपथ लिएसँगै शुक्रबार साँझ सिंहदरबारमा पुगेर पदभार सम्हालेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले १६ मन्त्री र दुई राज्यमन्त्रीलाई आज नियुक्त गरेकी थिइन् । यससँगै देउवा सरकारले पूर्णता पाउँदै २५ सदस्यीय बनेको छ ।

नवनियुक्त मन्त्रीहरुको आजै राष्ट्रपति भवनमा शपथ भएको थियो भने शपथ पछि उनीहरु मन्त्रिपरिषद्को बैठकमा सहभागी हुनुका साथै मन्त्रालयमा पदभार ग्रहण गरेका हुन् ।

मन्त्रीहरुको पदभार हुने भएपनि शुक्रबार साँझ सिंहदरबारमा नेता कार्यकर्तादेखि कर्मचारी लगायतको निकै चहलपहल देखिन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्