काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिमण्डल बिस्तार गर्ने भएका छन् । आजको मन्त्रिमण्डलमा केही नयाँ अनुहार पनि सपथ ग्रहण गर्ने बालुवाटार स्रोतले जनाएको छ ।
यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको कोटाबाट मन्त्री बन्ने भनिएका व्यक्ति पनि सपथ कार्यक्रममा सहभागी रहने स्रोत बताउँछ । यद्यपि यसको पुष्टि भने भइसकेको छैन ।
अदालतलाई राजनीतिक भड्कालोमा फाल्न खोजेको भन्दै चौतफी आलोचना भएपछि यो मुद्धा अहिले सेलाएको छ । आजै मन्त्रिमण्डल बिस्तार हुने भएपछि फेरि यो चर्चा शुरु भएको छ ।
पछिल्लो समय नेपाली राजनीतिमा देखिएको उतारचढावले न्याय क्षेत्र पनि विवादित बन्दै गएको छ । हालसम्मकै इतिहासमा न्याय क्षेत्रलाई हेर्ने दृष्ट्रिकोण र त्यहाँ भएका क्रियाकलाप फरक देखिएको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको भनाइ छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिमण्डल बिस्तार गर्ने भएका छन् । आजको मन्त्रिमण्डलमा केही नयाँ अनुहार पनि सपथ ग्रहण गर्ने बालुवाटार स्रोतले जनाएको छ ।