मन्त्रिपरिषद्ले गर्यो बोल्ड निर्णय, सचिव बढुवादेखि रोजगारी सिर्जनासम्म


ओकेजनता डेस्क
१९ आश्विन २०७८, मंगलवार

काठमाडौं । सरकारले प्रशासन सेवाका सहसचिव रविलाल पन्थलाई विशिष्ट श्रेणी पद सचिवमा बढुवा गरेको छ ।

मंगलबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद्‌को बैठकले सहसचिव पन्थलाई विशिष्ट श्रेणीमा बढुवा गरेको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन पहिलो संशोधन निर्देशिका २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको छ ।

यस्तै वैदेशिक रोजगार न्यायाधिकरणको रिक्त सदस्यमा सहन्यायाधिवक्ता गोपीचन्द्र भट्टराईलाई नियुक्त गरेको छ भने ऋण असुली न्यायाधिकरणको रिक्त कानुन सदस्यमा कानुन मन्त्रालयका उपसचिव विष्णुप्रसाद रेग्मी नियुक्त भएका छन् ।

यस्तै असोज २४ गतेदेखि असोज २८ गतेसम्‍म पररष्ट्रमन्त्रीको नेतृत्वमा असंलग्‍न आन्दोलन कमोरेटिभ हाइ लेभल मिटिङमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको गठन गरिएको छ भने विद्युतीय राहदानीमा उल्लेख हुने सुरक्षा विशेषताहरु स्वीकृत गर्ने मन्त्रिपरिषद्‌ले निर्णय गरेको कानुनमन्त्री कार्कीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्