डा. युवराज खतिवडाको बिदाईपछि मुख्यमन्त्री शंकर पोखरेलको ह्याट्रिक !


ओकेजनता डेस्क
१५ आश्विन २०७७, बिहीबार

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकलले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकी राजदूत सिफारिस गरेसँगै नेपाली राजनीतिक वृत्तमा अर्को सरगमी बढेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासिला पात्र डा. खतिवडाको बिदाईपछि अब प्रधानमन्त्री नजिक भएर को आउँछ भन्ने संसय पैदा भएको छ ।

हालका प्रेस सल्लाहकार सूर्य थापा र राजनीतिक सल्लाहकार बिष्णु रिमालप्रति प्रधानमन्त्री ओली स्वयं दिक्क भएको रहस्य बाहिरिएका बेला अबको नजिकको पात्र को बन्ने भन्ने चर्चा चुलिएको हो ।

नेकपाका प्रभावशाली नेता एवम् प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेल प्रधानमन्त्री ओली निकट नेता हुन् ।

मुख्यमन्त्री पोखरेलले प्रदेश नभइ केन्द्रको राजनीतिमा ईच्छा जाहेर गरेकाले र पार्टीका काममा सशक्त भएर अगाडि बढ्ने प्रतिबद्धता जनाएकाले अबको प्रधानमन्त्री निकट पोखरेल भएर आउने चर्चा समेत चलेको छ ।

यद्यपि मुख्यमन्त्री पोखरेलले पार्टीका केही निर्णय चित्त नबुझ्दा मात्रै पदलाई दाउमा राख्ने गरेको समेत बुझिएको छ । तर, मुख्यमन्त्री पोखरेल नेकपामा शक्तिशाली नेता हुन् ।

प्रतिक्रिया दिनुहोस्