काठमाडौं । डोटीको बोगटान फुड्सिल गाउँपालिकामा चरम लापरवाही भइरहेको रहस्य बाहिरिएको छ । भ्रमणभत्ता र मनपरी खर्चमा अगाडि देखिएको गाउँपालिकाले कसैको प्रवाह नगरी आफूखुसी अगाडि बढेको स्थानीयले आरोप लगाएका छन् ।
बोगटान फुड्सिल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत कार्यालयमा नहुँदा त्यहाँका शिक्षकहरु तलब पाउनबाट बञ्चित भएको एक शिक्षकले ओकेजनतालाई बताएका छन् । स्थानीयका अनुसार तीन महिना यता फाटफुट कार्यालयमा देखिने कर्मचारी गाउँपालिका अध्यक्ष कमलबहादुर गडसिलाको आडमा मनपरी गरिरहेका छन् ।
बेलाबखत विभिन्न काण्डले चर्चामा आइरहने गाउँपालिकामा बजेटको चरम दुरुपयोग भइरहेको गुनासो आएपछि ओकेजनताले यसको बारेमा फलोअप गरिरहेको छ । केही समय अगाडि त्यहाँ खरिद गरिएका टेबल, कुर्सी र अन्य सामाग्री बजारमूल्य भन्दा बढी रहेको एक स्थानीयले बताए ।
गाउँपालिका अध्यक्ष र केही ठेकेदारको मिलेमतोमा सामाग्री खरिदमा व्यापक अनियमितता भइरहेको डोटीबाट काठमाडौं आएका एक स्थानीयको भनाइ छ । ती स्थानीयका अनुसार अब अख्तियारको ढोका ढकढकाउनुपर्ने बेला आएको छ ।
गोरेटो बाटो निर्माण, मठ मन्दिर निर्माणमा पनि व्यापक अनियमितता भएको भन्ने गुनासो पछि ओकेजनताले गरेको खोजमा प्रमाण भेटिएको छ । डोटीकै नमूना मानिने बोगटान फुडसिल गाउँपालिकामा विकासका नाममा विनास भइरहेको त्यहाँका जनताको आरोप छ ।
केही समय अगाडि सार्वजनिक स्थान जहाँ मानिसहरुको बाक्लो आवातजातत हुन्छ, पिपलको छहारीमा सार्वजनिक शौचालय निर्माण गरेको भन्दै स्थानीय आक्रोशित भएका छन् ।
त्यहाँका केही व्यापारी र गाउँपालिका अध्यक्षको रहोवर उक्त शौचालय सो स्थानमा निर्माण गरिएको हो ।