साहस उर्जाको आइपिओ बाँडफाँड, हात खाली नहुने


ओकेजनता डेस्क
१६ आश्विन २०७८, शनिबार

काठमाडौं । साहस उर्जाको साधारण सेयर आईपीओ भोली आइतबार बाँडफाँड हुने भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि यही असोज ६ देखि १० गतेसम्मका लागि आईपीओको बिक्री खुलाएको थियो । उक्त मितिमा कम्पनीले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता आईपीओमा आवेदन खुलाएको थियो ।

जसमध्ये, २ लाख १० हजार कित्ता कर्मचारीलाई र ३ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । आइतबार बाँडफाँड गर्नेगरी कम्पनीको आईपीओमा परेको आवेदनबाट प्रिअलटमेन्ट भइसकेको छ ।

कम्पनीको सेयर बिक्री प्रबन्धक एनआईबीएल एस क्यापटलले आइतबार विहान ९ बजे सेयर बाँडफाँड हुने बताएको छ ।​आईपीओमा २४ लाख ७४ हजार ४३६ जनाले ३ करोड ४४ लाख ९८ हजार कित्ता सेयरमा आवेदन परेको छ ।

प्रतिक्रिया दिनुहोस्