पानीको बोतलमा ओलीको फोटो, एकाएक भाइरल


ओकेजनता डेस्क
१५ आश्विन २०७८, शुक्रबार

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनमा एमालेकै लोगो रहेको पानी खाने बोतल वितरण गरिएको छ ।

महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई हल भित्र वितरण गरिएको पानीको बोतलमा एमाले महाधिवेशनको लोगोसहित अध्यक्ष ओलीको फोटो रहेको छ । गोदावरी मिनरल वाटर प्रोडक्ट कम्पनीले उत्पादन गरेको १ लिटरको पानीको बोतलमा सो तस्बिर राखिएको छ ।

प्रत्येक प्रतिनिधिलाई वितरण गरिएको उक्त बोतल महाधिवेशन अवधिभर प्रयोग गर्न भनिएको छ । कार्यक्रमको सुरुमै एमाले केन्द्रीय कार्यालयका सचिव समेत रहेका शेरबहादुर तामाङले पानी खान वितरण गरिएको उक्त बोतल आफ्नै झोलामा राख्न भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्