अर्धनःग्न अवस्थामा काठमाडौंको बानेश्वरमै शःव फेला


ओकेजनता डेस्क
१४ आश्विन २०७८, बिहीबार

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा महिलाको शःव फेला परेको छ । बानेश्वर क्याम्पस नजिकै बागमती खोला किनारामा शःव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताए ।

शःव अर्ध नग्न अवस्थामा छ । बागमतीले बगाएर ल्याएर फलामे पुलको टेकोमा अड्केको अवस्थामा भेटिएको छ । महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी मिम बहादुर लामाको टोली घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्