रामकुमारी झाँक्रीलाई सञ्चार मन्त्रालयको जिम्मा


ओकेजनता डेस्क
१२ आश्विन २०७८, मंगलवार

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारमा गुल्मेली चेली मन्त्री बन्ने भएकी छन ।

नेकपा एकीकृत समाजवादी पार्टीबाट प्रतिनिधिसभामा सांसद रहेकी रामकुमारी झाक्री मन्त्री बन्ने पक्का भएको हो । पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट सरकारमा जाने सांसदहरूको नाममा मन्त्रीका रामकुमारी झाक्रीको नाम पनि सिफारिस गरेका छन् ।

मन्त्री बन्ने पक्का भएकी झाँक्रीलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइने बुझिएको छ । प्रधानमन्त्री देउवाले उपप्रधानमन्त्री कसैलाई पनि नदिने भएपछि रक्षा मन्त्रालयको जिम्मा उनले पाउने छैनन् ।

झाक्रीसँगै एकीकृत समाजवादी पार्टीका तर्फबाट विरोध खतिवडा, मेटमणि चौधरी, प्रेम आले, भवानी खापुङ र जीवनराम श्रेष्ठको नाम पनि मन्त्रीका लागि प्रधानमन्त्री देउवालाई बुझाइएको छ ।

एकीकृत समाजवादी पाटीले ६ मन्त्रालय पाउने भएको छ । मगंलवार तथा वुधवारसम्ममा मन्त्रीमण्डल विस्तार हुने बताईको छ ।

प्रतिक्रिया दिनुहोस्