आकस्मिक बस्यो मन्त्रिपरिषद् !


ओकेजनता डेस्क
१५ आश्विन २०७७, बिहीबार

काठमाडौं । बिहीबारको मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी छ ।

मुख्यसचिव लोकदर्शन रेग्मीको राजीनामापछि कसलाई मुख्य सचिवमा नियुक्ति गर्ने भन्नेबारे छलफल भइरहेको प्रधानमन्त्री स्रोतले जनाएको छ ।

आजको मन्त्रीपरिषद्मा उपस्थित मन्त्रीहरु भने मलिन रुपमा प्रस्तुत भएका छन् । यसअघि बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अबको भेट अन्तिम हुनसक्ने बताएका थिए ।

तर, लगत्तै मुख्यसचिवको नियुक्ति गर्नुपर्ने भएकाले प्रधानमन्त्रीले बैठक आह्वान गरेका हुन् ।

मुख्सचिव लोकदर्शन रेग्मीको राजीनामा


मुख्सचिव लोकदर्शन रेग्मीले आफ्नो कार्यकाल सकिनु केही दिन अघि राजीनामा दिएका छन् ।

रेग्मीको राजीनामा बिहीबारै प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकृत पनि गरेको एक मन्त्रीले बताए ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकमा रेग्मीको राजीनामा स्वीकृत भएको हो । बैठक अहिले पनि जारी छ ।

मुख्यसचिव रेग्मीको कार्यकाल कात्तिक ३ गते सकिँदै थियो । उनले कार्यकाल सकिनु दुई साताअघि असोज २२ भन्दा अघि नै राजीनामा गरेकाले सचिवहरु शंकरदास वैरागी, मोहनकृष्ण सापकोटा र केदारबहादुर अधिकारी अब मुख्य सचिवका दावेदार छन् ।

रेग्मीले असोज २२ पछि राजीनामा दिएको वा कार्यकाल सकिएर अवकाश लिएको भए चन्द्रकुमार घिमिरे, विश्वनाथ ओली र मधुसूदन अधिकारी मुख्यसचिव दावेदार हुने थिए ।

प्रतिक्रिया दिनुहोस्