नेकपा एमालेबाट सुदूरपश्चिमका एक हस्ती एकीकृत समाजवादीको पदाधिकारीसहित प्रवेश गर्दै


ओकेजनता डेस्क
११ आश्विन २०७८, सोमबार

काठमाडौं । नेकपा एकीकृत समाजवादीमा एमालेबाट केही नेता फर्कने रहस्य खुलेको छ । एकीकृत समाजवादीका एक नेताले केही नेताहरु समाजवादीमा आउने तयारी रहेको बताएका हुन् ।

विशेषगरी सुदूरपश्चिमबाट केही नेता समाजवादीमा फर्किदै छन् । सुदूरपश्चिमले समाजवादीमा पदाधिकारी नपाएको भन्ने ओकेजनताको प्रश्नमा ती नेताले भने, ‘केही व्यक्ति एकीकृतमा आउन चाहानुभएको छ, त्यसैले सुदूरपश्चिमबाट पदाधिकारी छनोट नगरिएको हो ।’

नेकपा एमाले विभाजन भएर दुई दल बनेको अवस्थामा अहिले नेता र सांसदहरु तानातानको स्थिति बनेको छ । एमालेको लामो राजनीतिमा सक्रिय नेता समाजवादीको पदाधिकारीमा अटाउने स्रोतले जनाएको छ ।

एकीकृत समाजवादीका एक नेताले नाम नखोल्ने शर्तमा भने, ‘हामीसँग आउने पक्कापक्की भइसकेको छ, तर केपी शर्मा ओलीसँग पनि बार्गेनिङ चलिरहेको हुनसक्छ ।’

प्रतिक्रिया दिनुहोस्