आफूमाथि दबाब बढेपछि भीम रावलले गरे यस्तो घोषणा


ओकेजनता डेस्क
१० आश्विन २०७८, आईतवार

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष आज पार्टीले बोलाएको केन्द्रीय कमिटी बैठकमा अनुपस्थित भएपछि सबैको ध्यान त्यता केन्द्रीत भएको छ । एमालेमा बौद्धिक नेताको छबि बनाएका रावल पछिल्ला गतिविधिका कारण केही ओझेलमा परेका भएपनि उनको पार्टीमा निकै चर्चा हुने गर्दछ ।

आइतबारको केन्द्रीय कमिटी बैठकमा उनको उपस्थिति नहुनुले उनी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग थप टाढिएको संकेत गरेको छ । बैठकमा आउने, नआउनेबारे जानकारी नदिएरै रावल अनुपस्थित भएपछि अध्यक्ष ओली पनि सशंकीत भएका छन् ।

ओलीले पार्टी मिलाउन रावलमाथि केही असमान टिप्पणी गरेपनि रावल बिना पार्टी अधूरो रहने उनको विश्वास छ । एमाले निकट एक नेताका अनुसार ओलीले स्थायी कमिटीको बैठकबाट १० बुँदे सहमतिको कार्यान्वयन गर्ने बताएका छन् । त्यतिञ्जेलसम्म रावलसँग बीचमा वार्ता, सहमति हुने ती नेताको भनाइ छ ।

नेता रावलले आजको विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । तेस्रोधारका नेताहरु पनि अलग–अलग भइसकेपछि अहिले राजनीतिक मोड अर्कै तर्फ लागेको छ । रावललाई उनी निकट नेताहरुले छिटो निर्णय लिन सुझाएका छन् ।

रावलले अबको केही दिनमा आफ्नो आधिकारिक धारणा बाहिर ल्याउने संकेत गरेको उनी निकट नेताहरु बताउँछन् । आफूलाई चित्त नबुझेको विषयमा छिट्टै निर्णय लिनसक्ने रावलले यसअघि पनि सांसद पदबाट राजीनामा दिएका थिए । तर, उनी निकट सांसदहरुले त्यो निर्णय फिर्ता लिन सुझाएका थिए ।

रावलको पछिल्लो राजनीतिक भविष्यलाई लिएर पनि टिप्पणी शुरु हुन थालेको छ । जिल्लामा कमजोर देखिएका रावललाई पार्टीकै अध्यक्षले नपत्याएपछि संकट पैदा भएको छ । उनलाई पार्टीका हरेक जिम्मेवारीबाट पछाडि धकेलिँदै लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्