यसरी पलायो राजा बन्ने ईच्छा, रातारात ‘भाइरल राजा’ खेमबहादुर…


ओकेजनता डेस्क
९ आश्विन २०७८, शनिबार

काठमाडौं । शुक्रबार एक अनौठोको घटना एकाएक चर्चामा आयो । जो कोहीलाई उक्त कुरा पत्याउन गाह्रो थियो । कडा सुरक्षाका बीच नारायणहिटी संग्रहालयमा राखेको श्रीपेच लगाउने एक व्यक्तिलाई रहर जाग्यो ।

रुकुम पश्चिम घर भएका २५ वर्षीय खेमबहादुर घर्ती यो श्रृंखलाले एकाएक चर्चामा आए । नारायणहिटी दरबार संग्रहालयमा रहेको श्रीपेच कक्षमा तोडफोड गरेपछि पःक्राउ परेका उनले प्रहरीलाई दिएको बयानले थप चर्चा पायो । घर्तीलाई राजा बन्न निकै रहर जागेको थियो ।

उनले श्रीपेच लगाएपछि राजा बनिन्छ भन्ने लागेर आफूले राजा बन्नकै लागि श्रीपेच लगाउन खोजेको प्रहरीलाई बयान दिए । उनले राजा बनेर शासन चलाउन श्रीपेच निकाल्न खोजेको बताएका छन् । यसरी हेर्दा उनको केटाकेटी जवाफले सबैलाई चकित पनि बनायो ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रहरी प्रमुख डीएसपी रामेश्वर पौडेलका अनुसार हाल हिःरासतमा रहेका घर्तीमा कुनै डरको छनकसम्म देखिदैन । उनले श्रीपेच लगाए राजा बनिन्छ भन्ने सोचका कारण कसैको पर्वाह नगरी सोकेसको सिसा फोड्दै अगाडि बढेको देखिएको डीएसपी पौडेले बताए ।

यद्यपि प्रहरीको सम्पर्कमा आएकी उनकी दिदीले भने उनको माःनसिक स्वास्थ्यमा समस्या रहेको बताएकी छन् । यो खबर बाहिरिएपछि सामाजिक सञ्जालमा घर्तीको चर्चा चुलीमा पुगेको छ । सामाजिक सञ्जालमा श्रीपेजसहितको घर्तीको तस्बिर र मिम भाइरल बन्दै गएको छ ।

केहीले घर्तीको साहासलाई देशमा राजाको शासन खड्किनुको परिणामका रुपमा लिएका छन्, केहीले राजनीतिक दलहरुको आपसी वैमनस्यताले जनतामा बढेको प्रस्टेशनलाई यो घटःनाले उजागार गरेको बताएका छन् ।

प्रहरीले यस घटनामा थप अनुसःन्धान गरिरहेको जनाएको छ । जब उनी श्रीपेचसम्म पुग्न कसरत गरिरहेका थिए पक्कै त्यो दृष्यले सबैलाई हसाँएको थियो ।

प्रतिक्रिया दिनुहोस्