नेकपा एस र माओवादी केन्द्रले टुंग्यायो मन्त्री, यस्तो बन्यो संरचना


ओकेजनता डेस्क
९ आश्विन २०७८, शनिबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई गठबन्धनका दलहरुले मन्त्रीको नाम नदिँदा मन्त्रिपरिषद् बिस्तार गर्न सकस भएको छ ।

लामो समयदेखि मन्त्रीको नाम मागिरहेका देउवालाई गठबन्धनका दलहरुले विभिन्न शर्त राख्दै मन्त्रीको नाम दिन आनाकानी गरिरहेका छन् । यता, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र भने मन्त्रीको टुंगो लगाउन छलफलमा छ ।

जनता समाजवादी पार्टीले भने अध्यादेश निष्क्रिय नपारेसम्म मन्त्रीहरुको नाम बुझाउन नसकिने बताउँदै आएको छ । अहिलेको अवस्थामा अध्यादेश तर्फ देउवाले ध्यान दिएका छैनन् ।

कतिपयको बुझाइमा गठबन्धनमा सहमति नभए देउवाले अर्को रणनीति अख्तियार गर्नसक्ने उनी निकट नेताहरु बताउँछन् । एक नेताका अनुसार गठबन्धन दलहरुसँग सहमति नभए एमालेसँग नजिकिने सम्भावना छ ।

यता, नेकपा एकीकृत समाजवादीले मन्त्रीहरुको नाम टुंग्याउन अन्तिम कसरत गरिरहेको छ । मन्त्रीका आकांक्षी धेरै देखिएपछि यसको जिम्मा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई दिइएको छ ।

भर्खरै कार्यसमिति निर्माण गरेको नेकपा एसले त्यहाँबाट मन अमिलो बनाएका नेताहरुलाई यता मन्त्रीको कार्ड फ्याँक्ने बताइएको छ । यद्यपि सुदूरपश्चिममा सबैभन्दा ठूलो दल बनेको नेकपा एसले केन्द्रमा सिनियर पदमा आफ्नो भूमिका देखाउन सकेन । सुदूरपश्चिमबाट सिनियर पदमा कोही पनि अटाएनन् ।

यता, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मन्त्री छनोट गर्ने जिम्मा पाएका छन् । देवेन्द्र पौडेलको नेतृत्वमा सरकारमा जाने लगभग टुंगो लागिसकेको एक नेताले बताए ।

भर्खरै कार्यसमिति निर्माण गरेको नेकपा एसले त्यहाँबाट मन अमिलो बनाएका नेताहरुलाई यता मन्त्रीको कार्ड फ्याँक्ने बताइएको छ । यद्यपि सुदूरपश्चिममा सबैभन्दा ठूलो दल बनेको नेकपा एसले केन्द्रमा सिनियर पदमा आफ्नो भूमिका देखाउन सकेन । सुदूरपश्चिमबाट सिनियर पदमा कोही पनि अटाएनन् ।

प्रतिक्रिया दिनुहोस्