कांग्रेसभित्र जुट्यो मन्त्रीमा सहमति, कसलाई कुन मन्त्रालय ?


ओकेजनता डेस्क
८ आश्विन २०७८, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेसभित्र बाट मन्त्री छनोटका लागि आन्तरिक छलफल थालेका छन् । मन्त्रिपरिषद् गठन नभएको ७४ दिन बित्नैलाग्दा उनीमाथि दबाब थपिएको छ ।

कांग्रेसले दुई जना मन्त्रीलाई आइतबार सरकारमा सहभागी गराउने तयारी गरेको छ । यतिबेला मन्त्रीका लागि दिलेन्द्र बडु र मिनेन्द्र रिजालको नाममा अन्तिम सहमति जुटिरहेको छ ।

स्रोतका अनुसार दिलेन्द्र बडुलाई आइतबार सपथ गराउने तयारी गरिएको छ । रिजालको पक्षमा पनि पार्टीमा सहमति भएको कांग्रेस स्रोत बताउँछ ।

गगन थापाको हकमा भने अहिले नै टुंगो लागिसकेको छैन । थापा पनि मन्त्रीका लागि आकांक्षी देखिएका छन् । देउवाले उनलाई पनि मन्त्रीमा लैजानका निम्ति सकारात्मक संकेत गरेका छन् ।

यता, प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेसभित्र बाट मन्त्री छनोटका लागि आन्तरिक छलफल थालेका छन् । मन्त्रिपरिषद् गठन नभएको ७४ दिन बित्नैलाग्दा उनीमाथि दबाब थपिएको छ ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने देउवाको कार्यलाई रुचाएका छैनन् । उनले पार्टीमा सल्लाह नगरी देउवा अगाडि बढेको आरोप लगाउँदै आएका छन् ।

कांग्रेसले दुई जना मन्त्रीलाई आइतबार सरकारमा सहभागी गराउने तयारी गरेको छ । यतिबेला मन्त्रीका लागि दिलेन्द्र बडु र मिनेन्द्र रिजालको नाममा अन्तिम सहमति जुटिरहेको छ ।

स्रोतका अनुसार दिलेन्द्र बडुलाई आइतबार सपथ गराउने तयारी गरिएको छ । रिजालको पक्षमा पनि पार्टीमा सहमति भएको कांग्रेस स्रोत बताउँछ ।

गगन थापाको हकमा भने अहिले नै टुंगो लागिसकेको छैन । थापा पनि मन्त्रीका लागि आकांक्षी देखिएका छन् । देउवाले उनलाई पनि मन्त्रीमा लैजानका निम्ति सकारात्मक संकेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्