आज मन्त्रिपरिषद् बिस्तार हुँदै, जसपाबाहेक सबै दलले बुझाए लिस्ट


ओकेजनता डेस्क
८ आश्विन २०७८, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् बिस्तार भएका छन् । देउवाले गठबन्धनका दलहरुबाट मन्त्री बन्नेका नाम मागेका छन् ।

नेकपा एकीकृत समाजवादीले मन्त्री बन्नेहरुको नामका विषयमा टुंगो लगाइसकेको छैन । अहिलेसम्म विरोध खतिवडा र शेरबहादुर कुवँरको नाममा मात्रै मन्त्री बनाउने सहमति भएको छ । अर्का नेता किसान श्रेष्ठलाई मन्त्री बनाउने बारे छलफल भइरहेको छ ।

अधिवक्ता एवम् नेता सोमप्रसाद पाण्डेका साढु गोविन्द बन्दीलाई पनि मन्त्री बनाउने तयारी छ । बन्दी मन्त्री बन्ने भएपछि पाण्डेको सम्भावना छैन । यता किसान श्रेष्ठ मन्त्री बनेपछि अर्का नेता प्रेम आलेमगरको सम्भावना छैन ।

यता, माओवादी केन्द्रले पनि मन्त्री बन्नेको नाममा सहमति खोजिरहेको छ । अहिलेसम्म नेता देवेन्द्र पौडेलको नाममा मात्रै सहमति भएको छ । अरुबारे छलफल भइरहेको छ । मन्त्री बन्न बीना मगर पनि आकांक्षी देखिएकी छन् ।

यता, कांग्रेसभित्रै पनि मन्त्रीको टुंगो लाग्न सकेको छैन । सकेसम्म आजै सहमति गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने पक्षमा देउवा छन् ।

त्यस्तै जनता समाजवादी पार्टीले अध्यादेश निष्क्रिय पारेपछि मात्रै सरकारमा जाने बताउँदै आएको छ ।

यता, अधिवक्ता एवम् नेता सोमप्रसाद पाण्डेका साढु गोविन्द बन्दीलाई पनि मन्त्री बनाउने तयारी छ । बन्दी मन्त्री बन्ने भएपछि पाण्डेको सम्भावना छैन । यता किसान श्रेष्ठ मन्त्री बनेपछि अर्का नेता प्रेम आलेमगरको सम्भावना छैन ।

यता, माओवादी केन्द्रले पनि मन्त्री बन्नेको नाममा सहमति खोजिरहेको छ । अहिलेसम्म नेता देवेन्द्र पौडेलको नाममा मात्रै सहमति भएको छ । अरुबारे छलफल भइरहेको छ । मन्त्री बन्न बीना मगर पनि आकांक्षी देखिएकी छन् ।

यता, कांग्रेसभित्रै पनि मन्त्रीको टुंगो लाग्न सकेको छैन । सकेसम्म आजै सहमति गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने पक्षमा देउवा छन् ।

त्यस्तै जनता समाजवादी पार्टीले अध्यादेश निष्क्रिय पारेपछि मात्रै सरकारमा जाने बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्